नेकपा एमाले बैठक : पार्टी सुदृढीकरण र शुद्धीकरणमा केन्द्रित Nepalpatra नेकपा एमाले बैठक : पार्टी सुदृढीकरण र शुद्धीकरणमा केन्द्रित

२१ श्रावण २०७८, बिहिबार

नेकपा एमाले बैठक : पार्टी सुदृढीकरण र शुद्धीकरणमा केन्द्रित


एमाले स्थायी कमिटी बैठक फाइल फोटो

काठमाडौँ । नेकपा (एमाले) को जारी केन्द्रिय कमिटीकोे बैठकमा पार्टीको विवाद समाधान कार्यदलको १० बुँदे सहमति, सर्वाेच्च अदालतको गत असार २८ को फैसला लगायत विषयमा छलफल शुरु भएको छ ।

सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने फैसला गरेको थियो ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा जारी सो पार्टीको १० औँ केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका उपलब्धि, पार्टीको आगामी कार्ययोजना, पार्टीको सुदृढीकरण र शुद्धीकरण अभियान लगायतका विषय कार्यसूची रहेको एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिए ।

सोमबारको बैठकले पार्टीको निर्णय विपरीत प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
ताजा