१२ बैशाख २०८१, बुधबार

एमाले केन्द्रीय कमिटी बैठकमा यी नौ एजेण्डा प्रस्तुत


नेकपा एमाले केन्द्रिय कमिटी बैठक

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा छलफलका लागि नौ एजेण्डा प्रस्तुत गरिएको छ ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता जोगाउने दशबुँदे सहमति, संसद पुनर्स्थापना गर्ने अदालतको फैसला, एमाले सरकारले गरेको काम, पार्टीको भावी कार्ययोजना, शुद्धीकरण र सुदृढीकरण लगायत एजेण्डा प्रस्तुत गर्ने प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

उनले सामाजिक संजालमा लेखेका छन्, “केन्द्रीय कमिटीको बैठक जारी,नौवटा एजेन्डामा छलफल हुने ।। मुख्यत कार्यदलले तयार गरेको दसबुदे साझा प्रस्ताव, सर्बोच्च अदालतको असार २८ गतेको फैसला, केपी ओलि नेतृत्वको हाम्रो पार्टीको सरकारले गरेका महत्त्वपूर्ण कामहरु, पार्टीको आगामी कार्ययोजना, पार्टी सुदृढीकरण र शुद्धिकरण अभियान लगायतका महत्त्वपूर्ण बिषयमा छलफल हुनेछन । ५ साउन,२०७८ तुलसीलाल स्मृति प्रतिष्ठान,च्यासल,ललितपुर।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !