६ बैशाख २०८१, बिहिबार

एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट जाँदै विप्लव


विप्लव र केपी ओली

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ उनको निवास बालकोट जाँदैछन् ।

विप्लवसँग ओली नेतृत्वको सरकारले ३ बुँदे सहमति गर्दै मूलधारको राजनीतिमा ल्याएको थियो । तर आफूसँग गरिएको ३ बुँदे सहमति पूर्ण रुपमा कार्यान्वयन नभएको विप्लवले गुनासो गर्दै आएका छन् ।

ओली सरकारको समयमा विप्लव समूहका केहि नेताहरु रिहा भएका थिए भने अझै केहि नेताहरु रिहा हुन बाँकी रहेका छन् । ओली प्रधानमन्त्री भएकै बेला विप्लवले ओलीलाई भेटेर आफ्ना नेता तथा कार्यकर्ताको रिहाई र मुद्दा फिर्ता कहिले हुन्छ ? भन्दै जिज्ञासा राखेका थिए ।

सरकार र विप्लववीच वार्तामा भएर सहमति भईसकेतापनि उक्त समूहमाथि लगाइएको मुद्दा फिर्ता लिने प्रक्रिया शुरु हुन सकेको छैन । गत फागुन २० गते सरकारले विप्लव समूहमाथि लगाएको प्रतिबन्ध हटाउने, कारागारमा रहेका विप्लव समूहका नेता र कार्यकर्ता रिहा गर्ने र सम्पूर्ण मुद्दा खारेज गर्ने सहमति भएको थियो ।

ओली प्रधानमत्री हुँदा विप्लवले उक्त सहमति कार्यान्वयनमा ढिला भएको भनी ध्यानाकर्षण गराएका थिए । गत फागुन २० गते सरकारले विप्लव समूहमाथि लगाएको प्रतिबन्ध हटाउने, कारागारमा रहेका विप्लव समूहका नेता र कार्यकर्ता रिहा गर्ने र सम्पूर्ण मुद्दा खारेज गर्ने सहमति भएको थियो ।

पछिल्ला केही दिन यता विप्लवले कम्युनिष्ट पार्टी र कम्युनिष्ट पृष्ठभूमि भएका नेताहरुसँग को भेटघाटलाई तीब्रता दिएका छन् । ती नेताहरूसँगको भेटमा विप्लवले ३ बुँदे सहमतिको कार्यान्वयन तथा अझै हिरासतमा रहेका आफ्ना नेता तथा कार्यकर्ताको रिहाइको बारेमा चासो व्यक्त गरेका थिए ।

विप्लवले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले वरिष्ठ नेता माधव नेपाल, नेकपा माओवादी क्रान्तिकारीका महासचिव मोहन वैद्य ‘किरण’ र जनता समाजवादी पार्टी (जसपा) सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसँग भेट गरिसकेका छन् भने अस्ति साउन ३ गते मात्र पूर्वमाओवादी नेताहरु टोप बहादुर रायमाझी, लेखराज भट्ट, मनि थापा र प्रभु शाहसँग भेटवार्ता गरेका थिए ।

यो पनि पढ्नुहोस्

विप्लवले भेटे माधव नेपाललाई, के कुरा भयो ?

खुमलटारमा प्रचण्ड र विप्लवबीच भेटवार्ता

विप्लव समूहका नेता वलीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

विप्लवले बालुवाटार पुगेर प्रधानमन्त्रीलाई सोधे, ‘बन्दी रिहाई र मुद्दा फिर्ता कहिले गर्ने ?’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !