१२ बैशाख २०८१, बुधबार

देउवालाई बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न गगन थापाको आग्रह


गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न अनुरोध गरेका छन् । नेता थापाले पार्टी कार्यालयमा धर्ना भएको कारणले यो पटक बालुवाटारमा भएको बताएका छन् ।

नेता थापाले जे भए पनि अबदेखि त्यस्तो नहुने र गरिन्न भन्ने विश्वास दिलाएको बताएका छन् । उनले समाजिक संजालमा लेखेका छन्, “प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न अनुरोध गरेका छौं।उहाँले’पार्टी कार्यालयमा धर्ना भएको कारणले यो पटक बालुवाटारमा भएको हाे,तर जे भए पनि अब देखि त्यस्तो हुने छैन र गरिन्न’भन्ने विश्वास दिलाउनु भएको छ। प्रधानमन्त्रीज्यु यो विश्वासलाई कायम राखिदिनु होला।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !