अन्तत: प्रधानमन्त्री देउवाले पाए विश्वासको मत Nepalpatra अन्तत: प्रधानमन्त्री देउवाले पाए विश्वासको मत

२१ श्रावण २०७८, बिहिबार

अन्तत: प्रधानमन्त्री देउवाले पाए विश्वासको मत


शेर बहादुर देउवा

काठमाडौं । अन्तत: प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत पाएका छन् । राष्ट्रपति बिद्यादेवी भण्डारीद्वारा बोलाएको प्रतिनिधिसभाको अधिवेशनमा देउवाले विश्वासको मत लिन राखेको प्रस्ताव बहुमतले स्वीकृत भएको हो ।

आजको बैठकमा २४९ जना सांसद उपस्थित रहेका थिए । विश्वासको मत प्रस्तावको पक्षमा १६५ मत परेको छ भने विपक्षका ८३ सांसदहरुले मत परेको छ । १ जना सांसदले पक्ष वा विपक्ष दुवैतर्फ मत नदिई मत दिन्न भन्ने पक्षमा तटस्थता देखाए ।

प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा उनले विश्वासको मत लिएका हुन् ।

प्रतिनिधिसभामा नेकपा (एमाले) का १२१, नेपाली कांग्रेस ६१, नेकपा (माओवादी केन्द्र) ४९ र जनता समाजवादी पार्टी नेपालका ३४, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीका १/१ तथा स्वतन्त्र १ जना सांसद छन् ।

गत असार २८ गते अदालतको फैसलाबाट प्रतिनिधिसभा पुनस्र्थापित भएपछि असार २९ गते प्रधानमन्त्रीमा देउवा नियुक्त भएका थिए । संविधानको धारा ७६ (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

सभामुख सापकोटाले नेपालको संविधानको धारा ७६ को उपधारा ६ बमोजिम प्रधानमन्त्री देउवाले विश्वासको मत प्राप्त गरेको घोषणा गरे ।प्रतिनिधिसभाको अर्काे बैठक यही साउन ८ गते दिनको १ बजे बस्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
ताजा