१३ बैशाख २०८१, बिहिबार

संसद बैठकको अन्त्यमा देउवाको विपक्षमा भोट हाल्न आए ओली


आजको प्रतिनिधिसभाको विशेष बैठक फाइल फोटो

काठमाडौं । निवर्तमान प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवाको विपक्षमा भोट हाल्न प्रतिनिधिसभा हलमा प्रवेश गरेका छन् ।

नेपाल समूहका ११ सांसदले प्रधानमन्त्रीलाई विश्‍वासको मत दिने बुझेको छ । स्रोतका अनुसार ओली र नेपालका २० भन्दा बढी सांसद तटस्थ बस्ने भएका हुन् । विश्वासको मत नदिने सांसदहरु तटस्थ बस्ने भएका छन् ।

नेपाल समूहका कार्यदलमा रहेका घनश्याम भुसाल, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डेले विश्वासको मत नदिने भएका छन् । कार्यदलमा नरहेका योगेश भट्टराई, दीपकप्रकाश भट्ट, झपट रावल, यज्ञराज सुनुवार, सोमप्रसाद पाण्डे, नारायण खतिवडा, राजबहादुर बुढा, लगायत अन्य केहीले पनि विश्वासको मत नदिने भएका छन् ।

बैठक अवधिभर सभा बाहिर बसेका ओली मतदान गर्ने बेलमा सभाहलमा प्रवेश गरेका हुन् । सभा हलमा प्रवेश गरेर ओलीले प्रधानमन्त्री देउवासँग हात मिलाएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !