१२ बैशाख २०८१, बुधबार

प्रधानमन्त्री निवासको ओली र देउवाले दुरुपयोग गरेको भन्दै निवेदन


प्रधानमन्त्री निवासको ओली र देउवाले दुरुपयोग गरेको भन्दै निवेदन

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको दुरुपयोग गरेको भन्दै अधिवक्ता ओमप्रकाश अर्यालले यसबारेको सार्वजनिक सूचना उपलब्ध गराउन मन्त्रिपरिषद्सँग माग गरेका छन् ।

प्रधानमन्त्री छँदा पार्टीका कार्यक्रम तथा बैठक बालुवाटारमा गरेको भन्दै ओलीको आलोचना हुने गरेको थियो । दलीय बैठकमा भएको सरकारी खर्चको विवरणसहितको जानकारी उपलब्ध गराउन पनि उनले माग गरेका छन् ।

अर्यालले संविधानको धारा २७ तथा सूचनाको हक सम्बन्धी ऐन, २०६४ बमोजिम सूचना उपलब्ध गराउन माग गरेका हुन् । अधिवक्ता अर्यालले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा बालुवाटारमा बसेको तत्कालीन नेकपा र एमालेको राजनीतिक तथा संसदीय दलका बैठकको संख्या उपलब्ध उनले माग गरेका हुन् ।

बालुवाटारस्थित सरकारी निवास दुरुपयोग गरेको आरोप ओली मात्रै नभएर वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवामाथि पनि छ । देउवा प्रधानमन्त्री नियुक्त भएयता काँग्रेस पदाधिकारी बैठक पनि बालुवाटारमै बस्ने गरेको छ ।

देउवा प्रधानमन्त्री नियुक्त भएपछि बालुवाटारमा आयोजित नेपाली काँग्रेसको बैठक संख्या तथा बैठकमा भएको सरकारी खर्चको विवरण उपलब्ध गराउन उनले माग गरेका छन् । त्यस्तै, प्रधानमन्त्री निवासमा प्रवेश पाएका व्यक्तिको विवरण सहितको जानकारी पनि उनले मागेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !