६ बैशाख २०८१, बिहिबार

प्रधानमन्त्री देउवाले बोलाएको काँग्रेस संसदीय दलको बैठक शुरु


नेपाली काँग्रेसले बोलायो संसदीय दलको बैठक फाइल फोटो

काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा शुरु भएको छ । पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि दलको पहिलोपटक बैठक शुरु भएको हो ।

विसं २०७४ सालको निर्वाचनपछि प्रमुख प्रतिपक्षी दलका रुपमा सदनमा भूमिका निर्वाह गर्दै आएको काँग्रेस गत साता सरकारको नेतृत्वमा पुगेपछि परिवर्तित परिस्थितिमा दल र सांसदले खेल्नुपर्ने भूमिकाका विषयमा बैठकमा छलफल हुने बताइएको छ ।

बैठकमा समसामयिक राजनीतिक परिस्थितिमा पार्टीले सदनमा निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा पनि छलफल बुझिएको छ । सर्वोच्च अदालतले असार २८ गते प्रतिनिधिसभालाई दोस्रो पटक पुनःस्थापना गरेपछि पहिलो बैठक आज अपरान्ह ४ बजे बस्दैछ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने भएका छन् । सर्वोच्च अदालतले असार २८ गते प्रतिनिधिसभालाई दोस्रो पटक पुनःस्थापना गरेपछि पहिलो बैठक आज अपरान्ह ४ बजे बस्दैछ ।

प्रधानमन्त्री देउवाले विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता भएको छ । आजै बस्ने दोश्रो बैठकमा प्रधानमन्त्रीले संविधान बमोजिम विश्वासको मत लिने संसद सचिवालयले जनाएको छ ।

कांग्रेस संसदीय दलको बैठक दिउँसो २ बजे बस्ने भनिएपनि १ घण्टा ढिला गरी शुरु भएको हो । प्रधानमन्त्री देउवाले विश्वासको मत लिने लाग्दा सत्तारुढ कांग्रेसका ६१ जना, माओवादी केन्द्रका ४९ जना, जसपाको उपेन्द्र यादव पक्षमा १७ जना र राष्ट्रिय जनमोर्चाका १ जना सांसद गरी १२८ जना संसद देउवाको पक्षमा प्रष्ट रुपमा देखिएका छन् ।

देउवालाई विश्वासको मतको लागि चाहिने १३६ जनामा अव ८ जना संसदको आवश्यकता छ । संसदवाट विश्वासको मत पुन देउवाले जसपाको महन्थ ठाकुर पक्षका संसद र एमालेको माधव नेपाल समूहका संसदले भोट दिनुपर्ने देखिन्छ ।

एमालेको नेपाल समुहका केही संसदले खुलेर देउवालाई विश्वासको मत दिने स्पष्ट परिसकेका छन् भने अनैपचारिक रुपमा नेपाल समुहले समर्थन गर्ने प्रवल सम्भावना रहेको छ । माओवादी केन्द्रको संसदीय दलले प्रधानमन्त्री देउवालाई विश्‍वासको मत दिने निर्णय गरिसकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !