
काठमाडौं । पार्टी कार्यालय, सानेपामा डा. चन्द्रमोहन यादवसहित नेपाली कांग्रेसका तीन नेता आमरण अनसन बसेका छन् । स्रोतका अनुसार डा. यादव, रामपल्टन साह र दिनेश नायकले आइतबार विहान साढे ११ बजेदेखि अनसन थालेका हुन् ।
एक नेताका अनुसार धनुषा जिल्लाको क्षेत्र नम्बर १ र ४ को क्रियाशील सदस्यता वितरणमा धाँदली भएको उनीहरुको दाबी छ । यसबारे जिल्ला छानविन समितिले सर्वसम्मत रुपमा बनाएको प्रतिवेदन लागू हुनुपर्ने आफूहरुको माग रहेको एक नेताले जानकारी दिए ।
उता पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आजै संसदमा विश्वासको मत लिने भएका छन्। देउवालाई माधव नेपाल समूहले पनि दिने निर्णय गरिसकेको छ भने माओबादी केन्द्रले पनि दिने निर्णय गरिसकेको छ।
जसपाका उपेन्द्र यादव समूहले पनि विश्वासको मत दिने भएको छ।