६ बैशाख २०८१, बिहिबार

जसपाको उपेन्द्र यादव पक्षले बोलायो संसदीय दलको बैठक


उपेन्द्र यादव-बाबुराम भट्टराई

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको उपेन्द्र यादव पक्षले संसदीय दलको बैठक आज बोलाएको छ । दोस्रो पटक पुन:स्थापित प्रतिनिधिसभाको बैठक बस्नु अघि जसपाको यादव पक्षले आज १ बजे पार्टी कार्यालय बालकुमारीमा बोलाएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको जसपाले संसदहरूलाई सोही अनुसार ‘ब्रिफिङ’ गरेर त्यहाँबाट सिधै बानेश्वरस्थित संसद् भवन लाने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने भएका छन् । सर्वोच्च अदालतले असार २८ गते प्रतिनिधिसभालाई दोस्रो पटक पुनःस्थापना गरेपछि पहिलो बैठक आज अपरान्ह ४ बजे बस्दैछ ।

प्रधानमन्त्री देउवाले विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता भएको छ । आजै बस्ने दोश्रो बैठकमा प्रधानमन्त्रीले संविधान बमोजिम विश्वासको मत लिने संसद सचिवालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !