७ बैशाख २०८१, शुक्रबार

काँग्रेसमा लञ्च मिटिङको लहर, कोइराला परिवारका ३ नेताहरुवीच २ घण्टा छलफल


शशांक, शेखर र सुजातावीच लञ्च मिटिङ

काठमाडौँ । नेपाली काँग्रेसको आगामी भदौ महिनामा हुने १४ औं महाधिवेशनवाट प्रधानमन्त्री समेत रहेका वर्तमान सभापति शेरबहादुर देउवाको विकल्प खोज्न काँग्रेस नेताहरुमा ‘लञ्च मिटिङ’ लहर बढेको छ ।

यसैवीच नेपाली कांग्रेसको आगामी महाधिवेशनमा सभापतिको दावेदार कोइराला परिवारका ३ नेताहरु डा. शशांक कोइराला, शेखर कोइराला र सुजाता कोइरालावीच आज शनिबार ‘लञ्च मिटिङ’ भएको हो ।

कोइरालाको पारिवारिक राजनीतिक पृष्ठभूमि भएका वीपी कोइराला पुत्र शशांक, गिरिजा प्रसाद कोइराला पुत्री सुजाता तथा नोना कोइरालाका पुत्र शेखर तीनै जना सभापतिका आकांक्षीवीच काँग्रेस सभापति देउवालाई चुनौती दिन भएको लञ्च मिटिङले काँग्रेसमा फेरि नयाँ तरंग सिर्जना भएको छ ।

महामन्त्री शशांकको निवास महाराजगन्जमा यी ३ नेताहरुबीच २ घण्टा लामो लञ्च मिटिङ भएको हो । शेखरको आग्रहमा शशांक निवासमा ​नेताहरुबीच लञ्च मिटिङको आयोजना गरिएको थियो ।

छलफलमा पार्टीको १४ औं महाधिवेशन र नयाँ सरकार निर्माणपछिको राजनीतिक परिस्थितिबारे कुराकानी भएको बुझिएको छ । कोइराला परिवारको नेताबीच कुनै झगडा नरहेको भन्दै एकताको सन्देश दिन लञ्च मिटिङ गरिएको स्रोतले बतायो ।

आगामी १४ औं महाधिवेशनमा कोइराला परिवारबाट एक जना मात्र उम्मेदवार बन्ने विषयमा छलफल केन्द्रित भएको थियो । कोइराला परिवारको तीनै नेताले १४ औं महाधिवेशनमा सभापतिका दाबेदारी प्रस्तुत गरिरहेका अवस्था रहेको छ ।

यो पनि पढ्नुहोस्

चाक्सीबारीमा आज ‘लञ्च मिटिङ’ : प्रकाशमान निवासमा विमलेन्द्र र शशांक

कांग्रेस सभापतिमा लड्ने यतिठुलो रणनीति बनाउदै सुजाता, पौडेल र सिटौलाले साथ दिने बाचा

देउवालाई अर्को झड्का: सुजाता निवासमा पौडेल, सिटौला, भयो यस्तो सहमति

काँग्रेसमा ‘लञ्च मिटिङ’ को लहर : सुजाताको निवासमा रामचन्द्र र सिटौला

कांग्रेस नेताहरुको दौडधुप : विमलेन्द्र, शशांक र प्रकाशमान एकै ठाउँ !

देउवालाई जसरी भएपनि हटाउन छलफलमा जुटे विमलेन्द्र, शशांक र प्रकाशमान

विमलेन्द्र, प्रकाशमान र शंशाकबीच भेट, के कुराकानी भयो ?

कांग्रेसमा नयाँ तरंग : देउवाको विकल्प खोज्न विमलेन्द्र, शशांक र प्रकाशमानको ‘लञ्च मिटिङ’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !