४ बैशाख २०८१, मंगलबार

राष्ट्रपतिद्वारा आफ्नो उपस्थितिमा महान्यायाधिवक्ता खातीलाई शपथ गराउन अस्वीकार


राष्ट्रपतिद्वारा आफ्नो उपस्थितिमा महान्यायाधिवक्ता खातीलाई शपथ गराउन अस्वीकार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयमा आफ्नो उपस्थितिमा महान्यायाधिवक्ता खम्मबहादुर खातीलाई शपथ गराउन अस्वीकार गरेकी छन् । राष्ट्रपति भण्डारीको अस्वीकारको कारण महान्यायाधिवक्ता खातीको शपथ सर्वोच्च अदालतमा गरिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले खातीलाई महान्यायाधिवक्ताका रूपमा खातीलाई सिफारिस गरिएको थियो । बिहीबार राष्ट्रपति भण्डारी आफैले नियुक्त महान्यायाधिवक्ता खातीको शपथमा भने उनले उपस्थिति हुन अस्वीकार गरेकी हुन् ।

राष्ट्रपतिले आफ्नो उपस्थितिमा शपथ गराउन अस्वीकार गरेपछि सवा २ बजे सर्वोच्च अदालतमा नै महान्यायाधिवक्ता खातीको शपथ गरिएको छ । राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीशले महान्यायाधिवक्तालाई पद तथा गोपनीयताको शपथ गराउने प्रचलित अभ्यास छ । तर यसपटक भने उक्त परम्परा तोडिएको छ ।

महान्यायाधिवक्ता खातीले आफू राष्ट्रपति र सरकारको प्रमुख कानुनी सल्लाहकार रहेको राष्ट्रपतिबाटै नियुक्ति पनि भइसकेको हुँदा विगतको अभ्यासबमोजिम नै शपथ हुनुपर्ने अडान राखेका थिए । तर राष्ट्रपति कार्यालयले भने सर्वोच्चलाई नै परिपत्र गरिएकोले उतै शपथ लिन र राष्ट्रपतिलाई भेट्ने भए आउन भनेको स्रोतले बतायो ।

निवर्तमान महान्यायाधिवक्ता रमेश बडाललाई भने राष्ट्रपति भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राष्ट्रपति कार्यालयमा नै शपथ गराएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु