७ बैशाख २०८१, शुक्रबार

देउवा सरकारलाई एमालेको नेपाल समूहले विश्वासको मत दिए व्यक्तिगत निर्णय हुने


स्थायी कमिटी बैठक

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन नगर्ने र विश्वासको मत पनि नदिने निर्णय गरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीले तुलसीलाल प्रतिष्ठानको कार्यालय च्यासलमा बोलाएको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतको फैसला संविधानको भावनाविपरित भएको ठहर गरेको छ ।

पार्टी एकता गर्न गठित १० सदस्यीय कार्यदलले तयार पारेको १० बुँदै सहमति अनुमोदन गरेको छ । अध्यक्ष केपी शर्मा ओली समूहका नेताहरुको मात्र उपस्थिति रहेको बैठकले यो निर्णय गरेको हो ।

एमालेले अलोकतान्त्रिक र अस्वस्थ विधिबाट गठित सरकारलाई समर्थन नगर्ने र विश्वासको मत नदिने निर्णय गरेको हो । पार्टीका सबै प्रतिनिधिसभा सदस्यहरुलाई यो निर्णयको पालना गर्न निर्देशन समेत दिएको छ ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सरकारलाई विश्वासको मत दिने कुरा सोच्न पनि नसकिने बताउदै एमाले सशक्त प्रतिपक्षका रूपमा रहने र अदालतको आदेशबमोजिम विश्वासको मतमा मतदान गर्नेहरूको निर्णय व्यक्तिगत हुने बताए ।

उक्त बैठकमा माधवकुमार नेपाल समूहका नेताहरु पुगे पनि सहभागी भएनन् । अध्यक्ष ओलीले बोलाएको स्थायी कमिटी बैठकमा नेपाल समूहका नेताहरु नआउँदै बैठक सुरु भएको थियो । बैठक चलिरहेका बेला नेपाल समूहबाट कार्यदलमा रहेका नेताहरु पुगेर स्थगित गर्न गरेको आग्रह ओलीले अ स्वीकार गरेका थिए ।

बैठक स्थगित गरेर सहमति खोज्न आग्रह गर्न आग्रह ओलीले अस्वीकार गरेका थिए । आज बस्ने भनिएको संसदीय दलको बैठक निर्धारित समयमै हुने प्रवक्ता ज्ञवालीले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !