१२ बैशाख २०८१, बुधबार

एमाले स्थायी कमिटी बैठकद्वारा १० बुँदे सहमति अनुमोदन, कार्यदल भंग


एमाले स्थायी कमिटी बैठक फाइल फोटो

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठकले पार्टी एकता गर्न गठित १० सदस्यीय कार्यदलले तयार पारेको १० बुँदै सहमति अनुमोदन गरेको छ । अध्यक्ष केपी शर्मा ओली समूहका नेताहरुको मात्र उपस्थिति रहेको बैठकले यो निर्णय गरेको हो ।

उक्त बैठकमा माधवकुमार नेपाल समूहका नेताहरु पुगे पनि सहभागी भएनन् । अध्यक्ष ओलीले बोलाएको स्थायी कमिटी बैठकमा नेपाल समूहका नेताहरु नआउँदै बैठक सुरु भएको थियो ।

अध्यक्ष ओलीले आज तुलसीलाल प्रतिष्ठानको कार्यालय च्यासलमा बोलाएको स्थायी कमिटी बैठकले सहमति गरेकोमा धन्यवाद दिँदै कार्यदल विघटन गरेको छ । आज बसेको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतको फैसला संविधानको भावनाविपरित भएको ठहर गरेको छ ।

बैठकको निर्णयबारे जानकारी दिने क्रममा प्रवक्ता प्रदीप ज्ञवालीले बैठकले कार्यदलाई धन्यवाद दिदै प्रतिवेदन ग्रहण गरेर कार्यदल भंग गरेको जानकारी दिए । १० सदस्यीय कार्यदलले असार २७ गते राति एमाले एकताका लागि १० बुँदे सम्झौता गरेको थियो ।

बैठक चलिरहेका बेला नेपाल समूहबाट कार्यदलमा रहेका नेताहरु पुगेका थिए । बैठक स्थगित गरेर सहमति खोज्न आग्रह गर्न आग्रह ओलीले अस्वीकार गरेका थिए । आज बस्ने भनिएको संसदीय दलको बैठक निर्धारित समयमै हुने प्रवक्ता ज्ञवालीले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !