८ बैशाख २०८१, शनिबार

देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने एमालेको निर्णय


स्थायी कमिटी बैठक

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठक सकिएको छ । अध्यक्ष केपी शर्मा ओलीले तुलसीलाल प्रतिष्ठानको कार्यालय च्यासलमा बोलाएको स्थायी कमिटी बैठकले शेरबहादुर देउवाको नेतृत्व सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

अध्यक्ष केपी शर्मा ओली समूहका नेताहरुको मात्र उपस्थिति रहेको बैठकले यो निर्णय गरेको हो । आज बसेको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतको फैसला संविधानको भावनाविपरित भएको ठहर गरेको छ ।

उक्त बैठकमा माधवकुमार नेपाल समूहका नेताहरु पुगे पनि सहभागी भएनन् । अध्यक्ष ओलीले बोलाएको स्थायी कमिटी बैठकमा नेपाल समूहका नेताहरु नआउँदै बैठक सुरु भएको थियो ।

बैठक चलिरहेका बेला नेपाल समूहबाट कार्यदलमा रहेका नेताहरु पुगेका थिए । उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, भीम आचार्य र सुरेन्द्र पाण्डे स्थायी कमिटी बैठकमा पुगेका थिए ।

बैठक स्थगित गरेर सहमति खोज्न आग्रह गर्न आग्रह ओलीले अस्वीकार गरेका थिए । पार्टी एकताका लागि १० बुँदे सहमति जुटाएको कार्यदलमा रहेका नेपाल समूहका नेताहरु च्यासलमा पुगेर बैठक रोक्न गरेको आग्रह ओलीले अस्वीकार गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !