११ बैशाख २०८१, मंगलबार

सर्वोच्च अदालतको फैसला संविधानको भावना विपरित भएको एमालेको ठहर


स्थायी कमिटी बैठक

काठमाडौँ । नेकपा एमाले स्थायी कमिटी बैठक सकिएको छ । अध्यक्ष केपी शर्मा ओलीले तुलसीलाल प्रतिष्ठानको कार्यालय च्यासलमा बोलाएको स्थायी कमिटी बैठक भर्खर सकिएको हो ।

आज बसेको एमाले स्थायी कमिटी बैठकले सर्वोच्च अदालतको फैसला संविधानको भावनाविपरित भएको ठहर गरेको छ । एमालेका अध्यक्ष ओलीद्वारा माधव कुमार नेपाल समूहले स्थायी कमिटी बैठक रोक्न गरेको आग्रह अस्वीकार गरेका थिए ।

उक्त बैठकमा नेपाल समूहका कार्यदलमा रहेका नेताहरुले बैठक रोक्न गरेको आग्रह ओलीले अस्वीकार गरेका हुन् । ओलीले स्थायी कमिटी बैठक रोक्न अस्वीकार गरेपछि नेपाल समूहका कार्यदलका सदस्यहरू आक्रोशित हुँदै फर्किएका छन् ।

बैठक चलिरहेका बेला नेपाल समूहबाट कार्यदलमा रहेका नेताहरु पुगेका थिए । उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, भीम आचार्य र सुरेन्द्र पाण्डे स्थायी कमिटी बैठकमा पुगेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !