८ बैशाख २०८१, शनिबार

जसपा अध्यक्ष भट्टराई र बिप्लववीच भेटवार्ता


जसपा अध्यक्ष भट्टराई र बिप्लववीच भेटवार्ता डा. बाबुराम भट्टराई र विप्लववीच भएको भेटवार्ता

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेटवार्ता गरेका छन् ।

भट्टराईलाई भेट्न विप्लव र नेता धर्मेन्द्र बास्तोला भट्टराई निवास पुगेका हुन् । विप्लवले हिजो बिहीबार मात्र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता गरेका थिए ।

भेटमा समसामयिक राजनीति, ओली सरकारसँग विप्लव समूहले गरेको सहमति कार्यान्वयन लगायतका विषयमा छलफल भएको भट्टराईको सचिवालयले बताएको छ । ओली सरकारवाट हटेपछि बिप्लवले कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुसँग भेटघाटलाई तीब्रता दिएर धेरै नै सक्रिय देखिएका छन् ।

जसपा अध्यक्ष भट्टराईसँगको भेटपछि बिप्लवले सामाजिक संजाल ट्वीटरमा लेखेका छन्, ‘भेटघाटको क्रममा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईसँग छलफल ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !