१२ बैशाख २०८१, बुधबार

महेश बस्नेतलाई डा. भट्टराईको कटाक्ष: पुच्छर केही बेर फिटीफिटी गर्छ


डा. बाबुराम भट्टराई फाइल फोटो

काठमाडौं । जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीका समर्थकहरुले सडकमा ‘तमासा’ गरेको आरोप लगाएका छन् ।

डा. भट्टराईले ओलीका समर्थकहरुको प्रदर्शनलाई खसीको टाउको छिनाली सकेपछि पनि पुच्छर केही बेर फिटीफिटी गरेजस्तै भनेर टिप्पणीसमेत गरेका छन् ।

डा. भट्टराईले सामाजिक संजालमा लेखेका छन्, “खसीको टाउको छिनाली सकेपछि पनि पुच्छर केही बेर फिटीफिटी गर्छ!ओलीको बहिर्गमनपछिको सडक तमासादेखि लुम्बिनी प्रदेशको जात्रासम्म हेर्दा त्यही पुष्टी हुन्छ! आफु कुर्सीमा नरहे आकाशै खस्छ भन्ने ओलीप्रवृत्ति हिट्लरी नाजीवाद/फासीवादसंग मिल्दोजुल्दो छ,जसले अन्त्यमा सपरिवार आत्महत्या गरेथ्यो!”

ओली वहिर्गमन भएपछि ओलीका समर्थकहरुले विभिन्न खालका नारावाजी गर्दै ओलीलाई बालुवाटारवाट बालकोट लगेका थिए। विभिन्न खालका नारा गर्दै माधव नेपालको पुत्ला दोहन गर्दै बालकोट सरेका थिए।

उक्त जुलुसको आयोजना महेश बस्नेतले गरेका थिए। महेश बनेस्तलाई संकेत गर्दै भट्टराईले यस्तो बताएका हुन्। बस्नेतले जसपाका महन्थ ठाकुर समूहलाई समेत भक्तपुरको एक रिसोर्टमा लगेर सरकारमा सहभागी गराएका थिए। त्यसपछि बाबुराम-उपेन्द्र समूह बस्नेतदेखि रिसाएका छन्। महेश बस्नेतले जसपा फ़ुताउन खोजेको आरोप लगाएका थिए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !