१२ बैशाख २०८१, बुधबार

प्रधानमन्त्री देउवाले बोलाएको काँग्रेस पदाधिकारी बैठक बस्दै


केन्द्रीय कार्यसमिति बैठक फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक आज बस्दै छ । काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेका अनुसार आज शुक्रबार दिउँसो २ बजे बस्न लागेको बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरू र पार्टीको १४ औं महाधिवेशनबारे छलफल हुने बताए ।

सरकारका प्राथमिकता, मन्त्रिमण्डल विस्तार र पार्टीको १४ औै महाधिवेशनका लागि छलफल गर्न पदाधिकारी बैठक बोलाइएको देउवाको सचिवालयले जानकारी दिएको छ । हिजो बिहीबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक नेताहरुको कार्यव्यस्तताका कारण स्थगित गरिएर आज बस्न लागेको हो ।

आज प्रधानमन्त्री देउवा आज विहान १० बजेतिर निजी निवास बुढानिलकण्ठवाट सरकारी निवास बालुवाटार सर्ने भएकाले बैठक कहाँ बस्ने भन्ने स्थानबारे भने टुंगो नलागिसकेकोले १ घण्टापछि बैठक बस्ने ठाउँको टुंगो लाग्ने उनले बताए ।

प्रधानमन्त्री देउवाले कांग्रेसको आफ्नो गुटवाट बालकृष्ण खाँणलाई गृह मन्त्री र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानून मन्त्री बनाएका छन् । प्रधानमन्त्री देउवाले पौडेल पक्षवाट मन्त्रीहरुको नामावली छिटो पठाइदिन आग्रह गर्दै आएका छन् ।

काँग्रेसको रामचन्द्र पौडेल पक्षले पनि देउवा सरकारमा सहभागी हुन पठाउने मन्त्रीहरुको बारेमा हिजो कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको निवास महाराजगञ्जमा छलफल गरेको थियो । पार्टीभित्र सन्तुलन मिलाएर बाँकी मन्त्री टुंग्याउने काँग्रेस नेताहरुको तयारी रहेको छ ।

कांग्रेसको १४ औं महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने गरी तय भएको छ । अहिले क्रियाशील सदस्यता छानबिनको काम भइरहेको छ । कांग्रेसको नेतृत्वमा सरकार गठनपछि पहिलो पटक पदाधिकारी बैठक बस्न लागेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !