विप्लवले भेटे माधव नेपाललाई, के कुरा भयो ? Nepalpatra विप्लवले भेटे माधव नेपाललाई, के कुरा भयो ?
१२ श्रावण २०७८, मंगलबार

विप्लवले भेटे माधव नेपाललाई, के कुरा भयो ?


माधव नेपाल कोटेश्वरमामा प्रचण्ड, नेपाल र विप्लववीच भएको भेटवार्ता

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाललाई भेट्न नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव नेपाल निवास कोटेश्वर पुगेका छन् । नेता नेपालको कोटेश्वरस्थित् निवासमा पुगेर महासचिव विप्लवले आज भेटवार्ता गरेका हुन् ।

हिजोमात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेका विप्लवले आज नेपाललाई भेट्नु अर्थपूर्ण मानिएको छ। नेता नेपालसँग समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बताईएको छ । यसको अलवा विप्लवले यसअघिको सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयनमा पहल गरिदिनसमेत नेता नेपाललाई आग्रह गरेको बुझिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !