८ बैशाख २०८१, शनिबार

कोरोना उपचार र नियन्त्रणलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन


शेरबहादुर देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको उपचार, रोकथाम र नियन्त्रणलाई अझ चुस्त एवं प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ ।

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) का गतिविधिबारे आज सम्बद्ध पदाधिकारीसँग जानकारी लिँदै उहाँले त्यस्तो निर्देशन दिनुभएको सिसिएमसीले जनाएको छ । बैठकमा मन्त्रिपरिषद्का सदस्य तथा मुख्यसचिव शङ्करदास वैरागीलगायत उच्च अधिकारी उपस्थित हुनुहुन्थ्यो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !