८ बैशाख २०८१, शनिबार

निवर्तमान प्रधानमन्त्री ओलीले छाडे बालुवाटार


छाडे बालुवाटार

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटार छाडेका छन् । नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीको विदाईमा दर्जनौं चारपांग्रे र दुईपांग्रे सवारी साधनसहित एमाले कार्यकर्ताहरु बालुवाटारबाट स्कर्टिङ गरेका छन् ।

स्रोतका अनुसार अहिले परेको पानीले ओलीको स्वागत र्‍यालीलाई बिथोलेको छ । २८ असारमा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापित गर्दै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश दिएपछि ओली पदमुक्त भएका हुन् ।

प्रधानमन्त्री देउवाले बुधबार पद तथा गोपनियताको शपथ ग्रहण गर्दै बुधबार साँझ नै कार्यभार सम्हालेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !