१२ बैशाख २०८१, बुधबार

निवर्तमान प्रधानमन्त्री ओली निजी निवास बालकोट पुगे


निवर्तमान प्रधानमन्त्री ओली निजी निवास बालकोट पुगे

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निजी निवास बालकोट पुगेका छन् । ओलीलाई बालुवाटारदेखि निजी निवाससम्म नेता कार्यकर्ताले स्कर्टिङ र स्वागत गर्दै ल्याएका छन् ।

सयौं मोटरसाइकल र गाडीले स्कर्टिङ र स्वागत गर्दै भक्तपुरको कौशलटारदेखि बालकोट निवाससम्म पुर्याएका हुन् । झन्डै ४१ महिनापछि ओली बालुवाटारबाट बाहिरिएका छन् ।

उनी बालुवाटारबाट निस्कँदा गेटदेखि नै नारा-जुलुस गरिएको थियो । ‘अघि बढ ओली बा, प्राण दिन तयार छौं, केपी ओली हाई हाई’ लगायत नारा लगाइएको छ ।

ओलीको कार्गेटलाई युथ फोर्सका कार्यकर्ताले मोटरसाइकल र गाडीले स्कर्टिङ गरेका छन् । हर्न बजाएर सवारी चलाउँदै उनीहरूले नाराबाजी गरिरहेका छन्। उनीहरूले गाडीमा केपी ओलीको डमी पनि बोकेका छन् ।

सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि पदमुक्त भएका ओलीले आज बुधबार बिहान साढे ११ बजेतिर बालुवाटार छोडेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !