६ बैशाख २०८१, बिहिबार

एमाले एकता रोक्न भीम रावललाई धम्कीपूर्ण फोन


भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता तथा कार्यदल संयोजक भीम रावलले पार्टी विभाजन रोक्ने प्रयास नगर्न आफूलाई धम्कीपूर्ण फोन आएको बताएका छन् । रावलले कार्यदलमा एमाले विभाजन रोक्ने प्रयास नगर्न आफूलाई केही राजनीतिक दलका नेताहरुबाट दबाब र धम्कीपूर्ण टेलिफोन आएको बताएका हुन् ।

“एमाले कतै विभाजनबाट रोकिने पो हो कि भनेर कतिपयलाई देखिने र बुझिने गरी लागिरहेको रिंगाटाको पर्दा उघारीदिउँ कि जस्तो पो लाग्छ”, बुधबार विज्ञप्ति जारी गर्दै रावलले भनेका छन्। एमाले कार्यदलले असार २७ गते राति पार्टी एकताको सहमति गरेको थियो ।

नेता रावलको ओलीसँग निकटता बढेको र उनले पदकै लागि कार्यदलमा सहमति गरेको भन्दै टिप्पणी भइरहेका छन् । तर उनले आफ्नो चरित्र हत्या गर्न भ्रामक समाचार प्रकाशित गरिएको बताएका छन् ।

एमाले नेता रावलले २० असारमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा भेटेको कुरा वरिष्ठ नेता नेपाल र रघुजी पन्तलाई जानकारी गराएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !