निवर्तमान प्रधानमन्त्री ओलीले छोडे बालुवाटार, निजी निवास बालकोट प्रस्थान Nepalpatra निवर्तमान प्रधानमन्त्री ओलीले छोडे बालुवाटार, निजी निवास बालकोट प्रस्थान
१२ श्रावण २०७८, मंगलबार

निवर्तमान प्रधानमन्त्री ओलीले छोडे बालुवाटार, निजी निवास बालकोट प्रस्थान


निवर्तमान प्रधानमन्त्री ओलीले छोडे बालुवाटार

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले केहि सरकारी निवास छोडेका छन् । उनी बालुवाटारमा रहेको सरकारी निवासबाट निजी निवास बालकोट प्रस्थान गरेका हुन् ।

ओलीलाई बालुवाटारदेखि निजी निवाससम्म नेता कार्यकर्ताले स्कर्टिङ र स्वागत गर्दै लागेका छन् । सयौं मोटरसाइकल र गाडीले स्कर्टिङ र स्वागत गर्दै भक्तपुरको कौशलटारदेखि बालकोट निवाससम्म नागरिक अभिनन्दन गरिने एमाले नेता महेश बस्नेतले बताए ।

सर्वोच्च अदालतले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न आदेश दिएपछि ओली पदमुक्त भएका हुन् । प्रधानमन्त्री देउवाले सपथ ग्रहण गरिसकेका छन् । उनले चार मन्त्रीसमेत नियुक्त गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !