१२ बैशाख २०८१, बुधबार

देउवा नेतृत्वको सरकारका नवनियुक्त चार मन्त्रीले लिए सपथ


देउवा नेतृत्वको सरकारका नवनियुक्त चार मन्त्रीले लिए सपथ

काठमाडौं । नेपाली काँग्रेसका सभापति समेत रहेका नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् गठन गरेका छन् । आज मंगलबार शीतल निवासमा आयोजित विशेष समारोहमा देउवा नेतृत्वको सरकारका नवनियुक्त ४ जना मन्त्रीले राष्ट्रपति विद्या भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएका हुन् ।

नवनिर्वाचित मन्त्रीहरुले देश र जनताका नाममा सपथ लिएका छन् । नेपालको संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले आफ्नो पार्टी नेपाली कांग्रेस र माओवादी केन्द्रबाट २/२ जना गरी ४ जना मन्त्री नियुक्त गरेका हुन् ।

कांग्रेसबाट गृहमन्त्रीमा बालकृष्ण खाँण नियुक्त भएका छन् भने ज्ञानेन्द्रबहादुर कार्की कानुनमन्त्री बनेका हुन् । यस्तै माओवादी केन्द्रबाट अर्थमन्त्रीमा जनादर्न शर्मा र पम्फा भुसाल ऊर्जामन्त्री बनेकी हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !