राष्ट्रपति भण्डारीद्वारा देउवालाई प्रधानमन्त्रीमा नियुक्त Nepalpatra राष्ट्रपति भण्डारीद्वारा देउवालाई प्रधानमन्त्रीमा नियुक्त
९ श्रावण २०७८, शनिबार

राष्ट्रपति भण्डारीद्वारा देउवालाई प्रधानमन्त्रीमा नियुक्त


शेरबहादुर देउवा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छन् । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गर्दै देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेपछि सोही अनुसार राष्ट्रपति भण्डारीले देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।

नेपालको संविधान २०७२ को धारा ७६ (५) बमोजिम देउवा प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । अव आज साँझ ६ बजे शीतल निवासमा नयाँ प्रधानमन्त्री देउवाको सपथग्रहण हुने बताइएको छ ।

सर्वोच्च अदालतले हिजो सोमबार देउवालाई आज साँझ ५ बजेसम्म प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । अदालतले २८ घण्टाभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न हिजो सोमबार परमादेश दिएपछि राष्ट्रपतिले भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

राष्ट्रपति भण्डारीद्वारा देउवालाई प्रधानमन्त्रीमा नियुक्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !