८ बैशाख २०८१, शनिबार

देउवाको शपथ आज साँझ ५ बजे हुने


देउवाको शपथ फाइल फोटो

काठमाडौँ । नेपाली कांग्रेसका सभापति समेत रहेका संसदीय दलका नेता शेरबहादुर देउवा आज प्रधानमन्त्रीमा नियुक्त हुँदैछन् । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गर्दै देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेपछि देउवाले आज साँझ ५ बजे प्रधानमन्त्रीका रुपमा शपथ ग्रहण गर्दैछन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई आज प्रधानमन्त्री नियुक्त गर्ने भएकी हुन् । सर्वोच्च अदालतले हिजो सोमबार देउवालाई आज साँझ ५ बजेसम्म प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।

राष्ट्रपति कार्यालय विशेष स्रोतका अनुसार हिजो सोमबार अपरान्ह सर्वोच्चको फैसला राष्ट्रपति कार्यालयमा आइपुगेको बताएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति देउवालाई आज मंगलबार प्रधानमन्त्री नियुक्त गर्ने भएकी हुन् ।

अदालतले २८ घण्टाभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न हिजो सोमबार परमादेश दिएपछि राष्ट्रपतिले प्रधानमन्त्री नियुक्ति र शपथबारे देउवालाई जानकारी गराएकी हुन् । देउवाले आफ्नो प्रधानमन्त्रीको सपथसँगै सानो आकारको मन्त्रिमण्डल पनि बनाउने बताएका छन् ।

राष्ट्रपति कार्यालयको तयारीबारे जानकारी पाएपछि देउवाले आज मंगलबारै सानो मन्त्रिपरिषद् बनाउने र गठबन्धनलाई अघि बढाउने योजनाबारे छलफल गरेका छन् । कांग्रेस नेता बालकृष्ण खाँणका अनुसार पहिलो चरणमा कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको उपेन्द्र समूहबाट सानो आकारको मन्त्रिपरिषद् बन्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !