प्रदेश नं १ मा दुई विधेयक प्रमाणीकरण Nepalpatra प्रदेश नं १ मा दुई विधेयक प्रमाणीकरण
९ श्रावण २०७८, शनिबार

प्रदेश नं १ मा दुई विधेयक प्रमाणीकरण


प्रदेश १ को प्रदेशसभा

मोरङ । प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले आज दुई विधेयक प्रमाणीकरण गरेका छन् ।

उनले प्रदेशसभाबाट पारित भई आएका ‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधयेक २०७८ र ‘प्रदेश विनियोजन विधेयक २०७८’ लाई नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेका प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्र श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !