७ बैशाख २०८१, शुक्रबार

भोलि सानो आकारको मन्त्रिमण्डल बनाउने विपक्षी गठबन्धनको निर्णय


देउवा, प्रचण्ड, नेपाल, पौडेल र यादव फाइल फोटो

काठमाडौं । नेपाली काँग्रेसका सभापति समेत रहेका संसदीय दलका नेता शेर बहादुर देउवाको नेतृत्वमा संयुक्त सरकार बनाउने विपक्षी गठबन्धनले निर्णय गरेको छ ।

सर्वोच्चले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेसंगै बसेको गठबन्धनको बैठकले संयुक्त सरकार बनाउने निर्णय गरेको नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले बताए ।

खाँडका अनुसार आज कोटेश्वरमा बसेको विपक्षी गठबन्धनको बैठकले भोलि सानो आकारको मन्त्रिमण्डल बनाउने पनि निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए । भोलि बन्ने सरकारलाई सर्वदलीय स्वरुप दिन प्रयत्नरत रहने नेताहरुले बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !