७ बैशाख २०८१, शुक्रबार

यस्तो छ देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चले गरेको फैसला (पूर्णपाठसहित)


संवैधानिक इजलास

काठमाडौं । सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गर्दै प्रतिनिधिसभा पुनस्थापना गर्ने फैसला गरेको छ । साथै सर्वाेच्चले नेपाली काँग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश आदेश पनि जारी गरेकाे छ ।

प्रतिनिधिसभा विघटन मुद्दा बदर गर्दै सर्वाेच्चले काँग्रेसका देउवालाई २ दिनभित्र प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालयको नाममा परमादेश जारी गरेकाे हाे । साथै सर्वाेच्चले संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठन गर्दा सांसदहरूमाथि दलको ह्वीप नलाग्ने फैसला सुनाएको छ ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ गरेकोे प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला सुनाएको हो ।

गत जेठ ८ गते मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मङ्सिर ३ गते मध्यावधि निर्वाचन तोक्ने गरी राष्ट्रपतिको सोही दिनको निर्णय बदर गरेर असंवैधानिक र गैरकानूनी घोषणा गर्ने माग ती निवेदनमा गरिएको थियो ।

यस्तो छ सर्वोच्च अदालतले गरेको फैसला (पूर्णपाठसहित)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !