१३ बैशाख २०८१, बिहिबार

देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने सर्वोच्चको फैसलाविरुद्ध एमाले निकट युवा संघ सडकमा


देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने सर्वोच्चको फैसलाविरुद्ध एमाले निकट युवा संघ सडकमा

काठमाडौं । सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गर्दै प्रतिनिधिसभा पुनस्थापना गर्ने गरेको फैसलाबिरुद्ध नेकपा एमाले निकट भ्रातृ संगठन राष्ट्रिय युवा संघका कार्यकर्ताहरु सडकमा उत्रेका छन् ।

सर्वोच्चको फैसलाविरुद्ध युवा संघको नेतृत्वमा माइतीघरमा अहिले विरोध प्रदर्शन जारी रहेको छ । सर्वोच्चले संसद विघटन गर्ने सरकारको निर्णय बदर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि एमाले आक्रोशित भएको हो ।

युवा नेता महेश बस्नेतले फेसबुकमार्फत माइतीघर मण्डलामा जम्मा भएर सर्वोच्चको असंवैधानिक फैसलाप्रति विरोध जनाउन आह्वान गरेका थिए । युवा संघका कार्यकर्ताले ‘सबै फैसला मानिँदैन, खबरदार’ लेखिएको ब्यानरका साथ माइतीघरमा प्रर्दशन गरिरहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !