१३ बैशाख २०८१, बिहिबार

सर्बोच्च अदालतको फैसला असंवैधानिक, आन्दोलन गर्छौं : महेश बस्नेत


महेश बस्नेत फाइल फोटो

काठमाडौँ । पूर्वमन्त्री एवं नेकपा एमाले युवा नेता महेश बस्नेतले सर्वोच्च अदालतको फैसला असंवैधानिक भएको भन्दै आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

सामाजिक संजाल फेसबुकमा आज दिउसो लेख्दै उनले तुरुन्त माइतिघर मण्डलामा जम्मा भएर सर्बोच्च अदालतको असंबैधानिक फैसलाका बिरुद्ध बिरोध जनाउन आग्रह समेत गरेका छन् ।

उनले आजको दिन नेपालको इतिहासमा सर्बोच्च अदालत चुकेको दिन भन्दै निर्दलीय शाषण व्यवस्थाको पुन: बिजारोपन भएको दिनको रुपमा चित्रण समेत गरेका छन् ।

उनले ब्यबस्थापिका र कार्यपालिकाको अधिकार न्यायपालिकाको नाममा सेटिङ्गवाला केही न्यायमूर्तिका नामधारीहरुले हातमा लिएको क्षण भएको टिप्पणी समेत गरेका छन् ।

उनले अब देश राजनैतिक द्वन्दमा प्रबेश गरेको भन्दै यो परमादेश कार्यान्वयन गर्न असम्भव समेत भएको बताएका छन् । उनले युवा संघले यसको विरुद्ध तुरुन्तै माइतिघर मण्डलामा बिरोध प्रदर्शन गर्ने भएकोले जो जहाँ छौ सहभागी बनेर देशभर बिरोध प्रदशन गर्न आग्रह गरेका छन् ।

उनले लेखेका छन्, ‘तुरुन्त अहिले नै माइतिघर मण्डलामा जम्मा भएर सर्बोच्च अदालतको असंबैधानिक फैसलाका बिरुद्ध बिरोध जनाऔ । आजको दिन नेपालको इतिहासमा सर्बोच्च अदालत चुकेको दिन। निर्दलिय शाषण ब्यब्स्थाको पुन बिजारोपन भएको दिन। ब्यबस्थापिका र कार्यपालिकाको अधिकार न्यायपालिकाको नाउमा सेट्ङ्ग वाला केही न्याय मुर्तिका नामधारीहरुले हातमा लिएको क्षण। अब देश राजनैतिक द्वन्दमा प्रबेश गरेको छ। यो परमादेश कार्यान्वयन गर्न असम्भव छ। युवा संघले यसको विरुद्ध तुरुन्तै माइतिघर मण्डलामा बिरोध प्रदर्शन गर्दैछ। जो जहाँ छौ सहभागी बनौ। देश भर बिरोध प्रदशन गरौं।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु