७ बैशाख २०८१, शुक्रबार

सर्वोच्चको फैसलापछि काँग्रेस शीर्ष नेता देउवा निवास बूढानीलकण्ठमा


नेपाली कांग्रेस फाइल फोटो

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनः स्थापना गरेपछि नेपाली काँग्रेसका शीर्ष नेताहरु सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा पुगेका छन् ।

पार्टीका नेताहरूसँगको आन्तरिक छलफलपछि देउवाले विपक्षी गठबन्धनका नेताहरूसँग आजै छलफल गर्ने भएका हुन् । सभापति देउवाले विपक्षी गठबन्धनका शीर्ष नेताहरूलाई आफ्नो निवास बूढानीलकण्ठ बोलाएका छन् ।

सर्वोच्च दुई दिनभित्र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने परमादेश दिएकाले नयाँ सरकार निर्माणका सन्दर्भमा छलफल गर्न लागिएको बुझिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !