७ बैशाख २०८१, शुक्रबार

पार्टी एकताका लागि प्रस्तावित १० बुँदे सहमति स्वागत योग्य : योगेश भट्टराई


योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले नेकपा एमालेको आन्तरिक समस्या समाधानका लागि गठित वार्ता समितिद्वारा पार्टी एकताका लागि प्रस्तावित १० बुँदे सहमति स्वागत योग्य भएको बताएका छन्।

पूर्वमन्त्रीसमेत रहेका नेता भट्टराईले यसको कार्यन्वयन गर्दै, एकतालाई थप सुद्रिढ गर्दै, बिश्वास निर्माण गर्दै आगामी कुनै पनि प्रतिस्पर्धामा एमालेको श्रेष्ठता कायम गर्न अघि बढ्नु समस्त नेता, कार्यकर्ता र सदस्यहरुको युगिन कार्यभार बनेको बताएका छन्।

नेता भट्टराईले वार्ता समितिका सबै कमरेडहरुलाई हार्दिक बधाई तथा धन्यवाद दिएका छन् ।

नेता भट्टराईले सामाजिक संजालमा लेखेका छन्, ” नेकपा एमालेको आन्तरिक समस्या समाधानका लागि गठित वार्ता समितिद्वारा पार्टी एकताका लागि प्रस्तावित १० बुदे सहमति स्वागत योग्य छ । यसको कार्यन्वयन गर्दै, एकतालाई थप सुद्रिढ गर्दै, बिश्वास निर्माण गर्दै आगामी कुनै पनि प्रतिस्पर्धामा एमालेको श्रेष्ठता कायम गर्न अघि बढ्नु समस्त नेता, कार्यकर्ता र सदस्यहरुको युगिन कार्यभार बनेको छ । वार्ता समितिका सबै कमरेडहरुलाई हार्दिक बधाई तथा धन्यवाद छ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !