१३ बैशाख २०८१, बिहिबार

पार्टी एकताको लागि एमाले कार्यदल सहमतिउन्मुख


एमाले कार्यदल बैठक फाइल फोटो

काठमाडौँ । नेकपा (एमाले) मा विवाद समाधानका लागि गठित कार्यदलले विवादित विषयमा सहमतिको अन्तिम मस्यौदा तयार गरेको छ । कार्यदलले तयार गरेको सहमतिको खाकालाई भाषिक परिमार्जन गरेर शनिबार सार्वजनिक गरिने एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

कार्यदलका सदस्य ज्ञवालीले आजको छलफल निकै सौहार्द र सघन रुपमा भएको बताउँदै उक्त खाकाका विषयवस्तुबारे पनि थप खुलाएनन् । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच गत जेठ २ गतेको सहमतिका आधारमा गठित १० सदस्यीय कार्यदलले कार्य गरिरहेका बेला जेठ ८ गते दोस्रो पटक प्रतिनिधिसभाको विघटनएपछि एमालेमा विवाद बल्झिएको थियो ।

प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गर्ने एमालेका २३ निवर्तमान सांसदले हस्ताक्षर फिर्ता लिन आग्रह गरेका छन् भने नेता नेपालले पार्टीलाई २०७५ जेठ २ गतेको स्थितिमा सञ्चालन गर्नुपर्ने माग गर्दै आएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !