१३ बैशाख २०८१, बिहिबार

माओवादी भूमिगत र छापामार शैलीमा, तुरुन्त खारेज होस : पुर्वमाओबादी नेता


नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले माओवादी केन्द्र विधि, विधान र संविधानविपरित चलेको आरोप लगाएका छन् । आज माओवादी केन्द्र खारेजीको लागि यसअघि परेको निवेदनको सम्बन्धमा निर्वाचन आयोगमा छिटो निर्णय गर्नुपर्ने माग गदै यस्तो बताएका हुन् ।

माओवादी केन्द्र, नेपालको कानून, संविधान र दलसम्बन्धी ऐनअनुसार नचलेको र भूमिगत र छापामार किसिमले यो पार्टी चलिरहेको रायमाझीले बताए । करिब करिब २८/३० वर्षसम्म यो पार्टीको कुनै महाधिवेशन नभएको भन्दै उनले भने, “एउटा महाधिवेशन भएको थियो । तर, त्यो पनि नाम मात्रैको थियो । २०६९ सालमा । त्यसलाई वैधानिक मानिएपनि । तर, त्यस्तो प्रकारको प्रतिष्पर्धा भएन । ताली पिट्ने काम मात्रै भयो । अहिले २०७८ साल भयो ।”

“९ वर्षसम्म अर्को महाधिवेशन भएको छैन् । २०७५ मा एमालेसँग एकता भयो । २ वर्ष त नेकपाको रुपमा रहया, त्यसलाई मान्दा पनि माओवादी केन्द्रको महाधिवेशन नभएको ७ वर्ष भयो । दलसम्बन्धी ऐनमा के भनिएको छ भने प्रत्येक पाँच वर्षमा महाधिवेशन हुनुपर्छ । तर, माओवादी केन्द्रको केन्द्रीय कमिटी कहाँ पुगिसक्यो । आकाश पाताल कहाँ पुगिसक्यो । त्यस्तो अवैधानिक पार्टीले वैधानिक जनप्रतिनिधिलाई कारबाही गर्न मिल्छ ? यो असंवैधानिक कदम भयो नि ।”, रायमाझीले भने।

अहिले मुलुक राजनीतिक एजेण्डाभन्दा पनि अब समृद्धिको एजेण्डामा अघि बढ्नुपर्ने रायमाझीले बताए । त्यस्तै, पार्टी कानून र संविधानसम्मत् हुनुपर्छ भनेर आफूहरुले अभियान चलाएको पनि रायमाझीले स्मरण गराए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !