७ बैशाख २०८१, शुक्रबार

कार्यदल बैठकपछि भीम रावलको प्रतिक्रिया


भीम रावल फाइल फोटो

काठमाडाैँ । नेकपा एमालेको कार्यदल बैठक सकिएको छ । तीन घण्टासम्म सिंहदरबार भएको एकता कार्यदलको बैठकमा धेरै प्रगति भएकोस्रोतले बतायो ।

बैठकमा बुँदागत रूपमा छलफल भएको र केही दिनमै सकारात्मक निकास निस्कने एक नेताले जानकारी दिए । बैठकबाट बाहिरिदैँ कार्यदलका सदस्य एक नेताले पनि छलफल सकारात्मक भएको र केही दिनमा नयाँ सहमतिको सम्भावना रहेको बताए ।

नेकपा एमालेका विवाद समाधान कार्यदलका संयोजक भीम रावलले विवाद समाधानका लागि कार्यदल विषयमा प्रवेश गरेको बताएका छन् । मंगलबार भएको कार्यदलको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै रावलले एमालेलाई सहमतिका साथ अघि बढाउन तयार भएर कार्यदलले काम सुरू गरेको बताए ।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै रावलले मंगलबारको छलफलमा कार्यदलका सबै सदस्यले विवाद साधानका बारेमा आआफ्नो दृष्टिकोण राखेको र भोलिको बैठकमा त्यसपछि पनि समिक्षा हुनेर सहमतिको कार्ययोजना बन्ने बताए ।

‘हामीले आजको बैठकमा अदालतबाट नेकपा एमाले पुनस्थापित भएको परिप्रेक्षमा कसरी अघि बढ्ने भनेर संगठनात्मकदेखि व्यवहारिक विविध विषयमा कुरा गर्यौँ ।’, रावलले भने।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !