१३ बैशाख २०८१, बिहिबार

एमाले कार्यदलको बैठक जारी रहेका बेला नेपाललाई भेट्न एकाएक कोटेश्वर पुगे प्रचण्ड


प्रचण्ड-नेपाल

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका दुई समुहहरुको प्रतिनिधित्व गरेका केपी शर्मा ओली समूह र माधव नेपाल समूह मिल्ने शुभ संकेत देखेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई तनाव सिर्जना भएको छ ।

स्रोतका अनुसार नेपाल निवासमा २ बजेदेखि प्रचण्ड र नेपालबीच भेटवार्ता भएको हो । नेकपा एमालेमा एकता कायम गर्न बनेको कार्यदलको बैठक सिंहदरबारमा जारी रहेको बेला जनकपुरबाट काठमाडौं फर्किएपछि सीधै प्रचण्ड नेपाललाई भेट्न एकाएक कोटेश्वर पुग्नुलाई एमालेको ओली समूहले अर्थपूर्ण रुपमा लिएको छ ।

यसअघि पार्टीमा समानान्तर कमिटीको अभ्यासको अनुभव लिएर जसरी भएपनि ओलीसँग सम्वन्धविच्छेद गरेर नयाँ कम्युनिष्ट पार्टीको सपना देखेका नेपाललाई एमालेको एकता जोगाउन गठित कार्यदलका सदस्यले भेटेर बल्ल-बल्ल मनाएर सहमति नजिक पुगेको बेला नेपाललाई फेरि भड्काउन प्रचण्ड उनको निवास कोटेश्वर त पुगेका होइनन् भन्ने आशंका ओली समूहका नेता-कार्यकर्तामा छाएको छ ।

कार्यदलको आजको बैठकमा विवाद समाधानका लागि दुबै पक्षबीच गम्भीर छलफल हुने बुझिएको छ । अव दुवै पक्षले अदालतको फैसला मानेर पार्टीले संस्थागत निर्णय गरेर अघि बढ्ने सहमति दुवै पक्षबीच भएको छ ।

कार्यदलका संयोजक रावललाई १२ जेठमा अध्यक्ष ओलीले निष्कासन गर्ने निर्णय गरेपछि कार्यदल निष्क्रिय भएको थियो । एमालेको विवाद समाधानका लागि पुनः सक्रिय भएको कार्यदलले एकताको प्रक्रिया नयाँ ढंगले शुरुवात गरेको हो ।

पार्टीका शीर्ष र दोस्रो तहका नेताबीच भएको अनौपचारिक छलफललाई व्यवस्थित रुपमा सहमतिमा रुपान्तरणका लागि कार्यदलको बैठक हिजो बसेको हो । पार्टी अध्यक्ष केपी शर्मा ओली २०७५ जेठ ३ गते अगाडिको साङ्गठनिक स्थितिका आधारमा सञ्चालन गर्न तयार भएपछि सहमतिको वातावरण बनेको हो ।

सिंहदरबारमा हिजो बसेको बैठकले हालसम्मका अनौपचारिक छलफल पुनरावलोकन गरेको र पार्टीभित्रै बसेर आन्तरिक समस्या समाधान गर्ने कुरा भएको एमालेका सचिव गोकर्णराज विष्टले जानकारी दिए । साथै,कार्यदलका सदस्यहरूबीच विवाद समाधानका लागि नयाँ शिराबाट अघि बढ्ने सहमति पनि भएको थियो ।

नेकपा (माओवादी केन्द्र) सँगको २०७५ जेठ ३ गतेको एकतापूर्वको अवस्था उत्पन्न भएपछि एमालेका अध्यक्ष ओलीले गत फागुन २८ गते केन्द्रीय कमिटीको विशेष बैठकबाट भएका निर्णयमा वरिष्ठ नेता झलनाथ खनाल र नेपाल पक्षले असन्तुष्टि जनाउँदै समानान्तर गतिविधि गर्दै आएको थियो ।

यसअघि प्रचण्ड र नेपाल मिलेर संयुक्त नयाँ कम्युनिष्ट पार्टीको परिकल्पना समेत गरेका थिए । माधव नेपालनिकट युवा नेता जीवन राईको नेतृत्वमा निर्वाचन आयोगमा पार्टीको चुनाव चिन्ह कलम रहेको नेकपा एकीकृत दर्ता भई सकेको छ ।

नेपालसँग नमिल्ने हो भने आगामी निर्वाचनमा प्रचण्डको पार्टीको अवस्था कम्जोर हुने निश्चित देखिन्छ । नेपालसहितको नयाँ पार्टी बनाएर अघि बढ्नु प्रचण्डको बाध्यता जस्तै रहेको छ । माओवादी केन्द्रका २ दर्जन भन्दा बढी नेताहरु प्रचण्डलाई छोडेर ओलीको एमालेमा प्रवेश गरिसकेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गरेको कारबाहीको वैधतामाथि प्रश्न उठाउदै पूर्वमाओवादीका ४ नेताहरुले सर्वोच्च अदालत जाने जाने तयारी गरेसंगै प्रचण्डका दु:खका दिन शुरु हुने संकेत देखिएको छ ।

२०६९ सालमा हेटौंडा महाधिवेशन भए यता माओवादी केन्द्रको महाधिवेशन समेत हुन सकेको छैन । अवैध पार्टीको अवैधानिक अध्यक्षले कारबाही गरेको पनि अवैधानिक रहेको पनि उनले बताएका थिए । उनका अनुसार ५ वर्षमा महाधिवेशन नगर्ने पार्टी कसरी माओवादी हुन्छ ? भनेर प्रश्न समेत गरेका थिए ।

अध्यक्षको हैसियत भएकाले मात्र अन्य सदस्यलाई पदबाट हटाउनले सक्ने उनले बताएका थिए । यद्यपि, ५ वर्षपछि अध्यक्षबाट स्वतः पदमुक्त हुने प्रावधन रहेपनि अहिलेसम्म अध्यक्षै भइरहनुलाई उनले अवैध भनेका थिए । पूर्वमन्त्री साहले निर्वाचन आयोगलाई ९ वर्षसम्म पनि पार्टीको महाधिवेशन नगर्ने पार्टी अध्यक्ष र पार्टी कसरी वैधानिक भयो ? भन्दै प्रश्न गरेका थिए ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पार्टीको महाधिवेशन नगरी चलेकाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उक्त पार्टीको वैधानिकतावारे प्रश्नचिन्ह उठाएका थिए ।

उनले निर्वाचन आयाेग, प्रचण्ड र माओवादी केन्द्रकाे अविलम्ब ध्यानाकर्षण हुनुपर्ने बताएका थिए । उनले २०७५ जेठ ३ गते यताकाे ३ बर्ष शून्य अवधि र थप समय पाउँदा पनि ६ महिनायता प्रचण्ड स्वयं अवैध भइसकेछन् भन्दै अनि राष्ट्रपति भन्दा उनलाई राजा मन नपराेस् त ? भनेर कटाक्ष समेत गरेका थिए ।

नेकपा एमालेको आन्तरिक विवाद मिलाएर एकता जोगाउन गठित १० सदस्यीय कार्यदलको बैठक आज मंगलबार पनि सिंहदरबारमा जारी रहेको छ । पार्टीको आन्तरिक विवाद समाधान गर्न दुवै समूह सहमत भएपछि एमालेमा आशाको दियो बल्न शुरु भएको बेला एकता अभियान कतै फेरि तुहिने त होइन भन्ने आशंका पैदा भएको छ ।

यो पनि पढ्नुहोस्

शुरु हुँदै प्रचण्डका दु:खका दिन : सर्वोच्च जाने तयारीमा पूर्वमाओवादीका ४ नेताहरु

एमालेमा आशाको दियो बल्दै : एकता जोगाउन कार्यदलको बैठक जारी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !