१३ बैशाख २०८१, बिहिबार

तामाकोशी जलविद्युतवाट विद्युत उत्पादन शुरु भएपछि राष्ट्रपतिले दिन बधाई !

तामाकोशीले ठूला परियोजनाका लागि आत्मविश्वास बढाउने राष्ट्रपतिको विश्वास


विद्यादेवी भण्डारी फाइल फोटो

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय गौरवको आयोजनाको रुपमा परिचित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको औपचारिक रुपमा उद्घाटन भएर विद्युत उत्पादन शुरु भएपछि आयोजनाको सफलतामा योगदान गर्ने सबैमा बधाई दिएकी छन् ।

सामाजिक संजाल ट्वीटरमा आज राती लेख्दै उनले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट उत्पादन शुरु भई राष्ट्रिय प्रसारणमा जोडिनु गौरवको क्षण भएको बताएकी छन् । उनले यस आयोजनाले हाम्रो विद्युत उत्पादन क्षमता वृद्धि गर्नुका साथै ठूला परियोजना निर्माण गर्न राष्ट्रिय आत्मविश्‍वास बढाउने विश्‍वास लिएको स्पष्ट परेकी छन् ।

उनले लेखेकी छन्, ‘माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट उत्पादन सुरु भई राष्ट्रिय प्रसारणमा जोडिनु गौरवको क्षण हो। यस आयोजनाले हाम्रो विद्युत उत्पादन क्षमता वृद्धि गर्नुका साथै ठूला परियोजना निर्माण गर्न राष्ट्रिय आत्मविश्‍वास बढाउने विश्‍वास लिएको छु । आयोजनाको सफलतामा योगदान गर्ने सबैमा बधाई !’

प्रधानमन्त्री केपी शर्मा ओलीले आज सोमबार अपराह्न बालुवाटारवाट श्रव्यदृश्य माध्यमबाट माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको उद्घाटन गरेसंगै आज सोमबारदेखि बिजुली उत्पादन भएको छ । कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको पहिलो युनिटबाट बिजुली उत्पादन भएको हो ।

यो पनि पढ्नुहोस्

तामाकोशीको सफलताले आत्मविश्वास बढाएको छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीद्वारा माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको उद्घाटन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु