११ बैशाख २०८१, मंगलबार

अन्तत: एमालेमा कार्यदल ब्यूँतियो, सिंहदरवारमा बैठक


एमाले कार्यदल बैठक फाइल फोटो

काठमाडौँ । अन्तत: नेकपा एमालेको विवाद मिलाएर एकता जोगाउन गठित १० सदस्यीय कार्यदल पुनः ब्यूँतिएको छ । कार्यदलको बैठक आज बेलुकी सिंहदरबारमा बसेको छ । अव एमाले एकता नयाँ ढंगले सुरु हुनेछ ।

कार्यदलमा केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङ संयोजक छन् भने सदस्यहरुमा विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् । वरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट भीम रावल संयोजक छन् भने सदस्यहरुमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त छन् ।

कार्यदलका संयोजक रावललाई १२ जेठमा अध्यक्ष ओलीले निष्कासन गर्ने निर्णय गरेपछि कार्यदल निष्क्रिय भएको थियो । अनौपचारिक संवाद चलिरहेका बेला औपचारिक बैठक बोलाइएको हो ।

कार्यदल ब्युँतिएसँगै यसअघि अनौपचारिक रुपमा भएका वार्तामा तयार मस्यौदालाई आधार मानेर सोमबारबाटै सहमति जुटाउने प्रयास थाल्ने नेताहरुले बताएका छन् ।

अव दुवै पक्षले अदालतको फैसला मानेर पार्टीले संस्थागत निर्णय गरेर अघि बढ्ने सहमति दुवै पक्षबीच भएको छ । आजको बैठकले संयुक्त वक्तव्यको ड्राफ्ट जारी गर्ने सम्भावना रहेको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !