१२ बैशाख २०८१, बुधबार

निधिलाई भेट्न उनकै निवासमा पुगे शेखर कोइराला


नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिलाई भेट्न डा. शेखर कोइराला उनकै निवासमा पुगेका छन् । कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका आकांक्षी निधि र कोइरालाबीच सोमबार दिउँसो भेटवार्ता भएको हो ।

स्रोतका अनुसार निधि निवास मध्यवानेश्वरमा दुई नेताबीच आसन्न महाविधेशनका बारेमा छलफल गरिरहेका छन् । निधि आफै सभापतिमा लड्ने घोषणा गरिसकेका छन् भने कोइराला पनि लड्ने दावी गर्दै आएका छन्।

तर कोइराला परिवारबाट एकजनालाई सभापतिमा उठाउने सहमति भएको छ भने निधि समूहको तर्फवाट भने आफै उठ्ने भएको छ। महाविधेशनका लागि कांग्रेसका विभिन्न समूहका नेताहरु छलफलमा सक्रिय भएका छन्।

यसअघि पनि निधिले प्रकाश प्रकाशमान सिंह र शशांक कोइरालासंग पटक पटक छलफल गरिसकेका छन्। उक्त छलफलमा निधिले आफु सभापतिमा लड्ने घोषणा गरेको र सहयोग गर्न आग्रह गरेका थिए।

तर कोइराला र सिंह पनि सभापतिमा लड्ने भएकाले त्यस्तो सहयोग गर्ने खासै देखिदैनन। तर निधिलिई प्रकाशमान सिंहले सहयोग गर्न सक्ने स्रोतले बतायो।

उता रामचन्द्र पौडेल पनि सभापतिमा लड्ने घोषणा गरिसकेका छन् भने कृष्णप्रसाद सिटौला पनि लड्ने भएका छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !