७ बैशाख २०८१, शुक्रबार

राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोले गर्दा संविधान च्यातिएको झाँक्रीको आरोप


रामकुमारी झाँक्री

नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले आगामी दिनमा राष्ट्रपति र प्रधानमन्त्री बनाउँदा एक अर्काको शक्ति सन्तुलनको हिसाबले पनि विचार गरिनुपर्ने बताएकी छन् ।

आइतबार विपक्षी गठबन्धनका विद्यार्थी संगठनले रत्न राज्यलक्ष्मी क्याम्पसमा आयोजना गरेको संसद विघटन, अधिनायकवाद र विद्यार्थी आन्दोलन विषयक अन्तरक्रियामा बोल्दै झाँक्रीले अहिले राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोले गर्दा संविधान च्यातिएको र लाखौँको सपनामा तुषारापात भएको बताइन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्रको गरिमा र मर्यादालाई कायम राख्न नसकेको उनले टिप्पणी गरिन् ।

“०७२ सालमा हामीले अर्को राष्ट्रपति बनायौँ । हामीले जुन व्यक्तिलाई प्रस्ताव गर्दै हुनुहुन्छ, यी व्यक्तिलाई राष्ट्रपति बनाउनुहुँदैन । जसले गणतन्त्रको, लोकतन्त्रको गरिमा र मर्यादालाई राख्नै सक्दैन ।” झाँक्रीले भनिन्, “कायम गर्नै सक्दैन भनेर हामीले त्यही बेला आन्तरिक हिसाबले भनेका थियौँ । तर त्यो कुरा मानिएन ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !