१३ बैशाख २०८१, बिहिबार

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप गर्ने तयारी


काठमाडौँ । काठमाडौं उपत्यकामा निषेधाज्ञा थप गर्ने तयारी गरिएको छ। काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरू संयुक्त रूपमा बैठक बसेर थप खुकुलो बनाउँदै निषेधाज्ञाबारे निर्णय गर्ने तयारी गरेका छन् ।

पछिल्लोपटक थप गरिएको निषेधाज्ञा सोमबारसम्म छ । सम्भवत आज बेलुकीसम्म बैठक बस्नेछ। सार्वजनिक यातायात जोर-बिजोर गरेर गत सातादेखि नै सञ्चालनमा आएका छन् । पसलहरू बिहान ६ देखि बेलुकी ७ बजेसम्म चल्न दिइएको छ।

थप क्षेत्र खुला गर्ने गरी निषेधाज्ञालाई एक साता बढाउने पक्षमा प्रजिअहरू छन् । ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले आज बेलुकी वा भोलिसम्म बैठक गरेर निर्णयमा पुगिने बताए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !