७ बैशाख २०८१, शुक्रबार

रामनगर गाउँपालिकाका अध्यक्ष बर्माको निधन


जनकपुरधाम । सर्लाहीको रामनगर गाउँपालिकाका अध्यक्षको निधन भएको छ । काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा अध्यक्ष कृष्णप्रसाद बर्माको मृत्यु भएको हो ।

स्रोतका अनुसार ७० वर्षीय बर्मा उच्च रक्तचाप, मधुमेह, मुटुका रोगबाट पीडित थिए । पछिल्लो पटक सिकिस्त भएपछि उनलाई उपचारका लागि काठमाडौं ल्याइएको थियो ।

२०७४ साल असोज २ गते भएको स्थानीय तहको निर्वाचनमा बर्मा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !