८ बैशाख २०८१, शनिबार

कात्तिक २७ देखि ३० सम्म काठमाडौंमा महाधिवेशन गर्ने राप्रपाको निर्णय


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको शनिबार बसेको केन्द्रीय निर्देशन समितिको बैठकले महाधिवेशन आगामी कात्तिकमा हुने भएको छ । आजको बैठकले कार्तिक २७ गतेदेखि ३० गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने गरी कार्यतालिका बनाएको छ ।

हिन्दुराष्ट्र, राजसंस्था सहितको प्रजातन्त्र र सुशासनको धरातलमा सबल र समृद्ध नेपाल निर्माणको लागि “अब अघि बढछ राप्रपा” भन्ने नारा सहित राप्रपाको महाधिवेशन २०७८ कार्तिक २७-३०गते काठमाडौंमा हुने भएको हो ।

स्रोतका अनुसार वडा/गाउँ/नगर/प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधीसभा निर्वाचन क्षेत्र र जिल्ला कार्य समितिको निर्वाचन भदौ मसान्तसम्म गरिनेछ । यस्तै सक्रिय सदस्यता वितरण भदौ मसान्तसम्म गर्ने र असोज २० गतेसम्म प्रदेशसभा निर्वाचन क्षेत्रमा सक्रिय सदस्यहरुबाट महाधिवेशन प्रतिनिधिको निर्वाचन गर्ने तालिका छ ।

एक नेताका अनुसार प्रदेश कार्य समितिको निर्वाचन असोज १५ गतेसम्म गरिनेछ । कार्तिक र मंसिरमा संसदको चुनाव हुने भएमा महाधिवेशनको मितिबारे पुनर्विचार गरिने पनि राप्रपाले स्पष्ट पारेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !