७ बैशाख २०८१, शुक्रबार

अन्तत: ओलीको विपक्षमा उत्रिदै महेशले राखे प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने प्रस्ताव


महेश बस्नेत फाइल फोटो

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी वैठकमा महेश बस्नेतले संघीयताबारे समीक्षा गर्नुपर्ने बताएका छन् । शनिबार बालुवाटारमा बसेको बैठकमा बस्नेतले संघीयताबारे समीक्षा गर्नुपर्ने बताएका हुन् ।

नेता बस्नेतले मुलुकको विशिष्ट पहिचान घोषणा गरौं, धर्म निरपक्षताबारे पनि बहस गरौं भन्दै माग गरेका छन्। बस्नेतले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने शासकीय स्वरुपमा जानुपर्ने र दुई कार्यकाल भन्दा बढी प्रधानमन्त्री बन्न नपाइने संवैधानिक व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

पार्टीमा पनि अध्यक्ष दुई कार्यकाल र पदाधिकारी तीन कार्यकाल भन्दा बढी दोहोरिन नपाउने व्यवस्था गर्नुपर्ने बस्नेतको प्रस्ताव छ । पार्टी र राज्यका राजकीय र शासकीय स्थानमा ४० प्रतिशत युवा सुनिश्चित गर्नुपर्ने भन्दै उनले भनेका छन्, ‘पार्टी महाधिवेशनको राजनीतिक प्रतिवेदन र विधान अनि चुनावको घोषणा पत्रमा यो विषय सम्बोधन गर्न कार्यदल बनाएर जाऔं ।’

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूनिकट सांसदहरुसित छलफल गरेका छन् । शुक्रबारको केन्द्रीय कमिटी बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन भन्दै गरेको हस्ताक्षर फिर्ता लिन निर्देशन दिएपछि शनिबार काठमाडौंको एउटा कलेजमा उनीहरुबीच छलफल भएको हो ।

देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका सांसदलाई हस्ताक्षर फिर्ता लिन निर्देशन दिएपछि सोबारेमा छलफल गरिएको स्रोतले बतायो । नेपाल समूहका सांसदहरुले उक्त हस्ताक्षर फिर्ता नलिने भएका छन् । सांसदहरुलाई हस्ताक्षर फिर्ता लिन आउँदो सोमबार साँझ ५ बजेसम्मको समय दिइएको छ ।

एमालेको जारी केन्द्रीय कमिटी बैठक सुरु भएको छ। शुक्रबारदेखि सुरु भएको एमाले केन्द्रीय कमिटीको बैठकमा आज महासचिव ईश्वर पोखरेलले असार मसान्तभित्र पार्टी सदस्यता नवीकरण गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

एमालेले साउन अन्तिममा विधान सम्मेलन गर्ने भएको छ । साथै निर्वाचनसँग जुध्न गए महाधिवेशन वैशाखमा सार्ने प्रस्ताव पेश भएको छ । अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरुको मात्र सहभागिता रहेको केन्द्रीय कमिटी बैठकले साउन २५ गते विधान सम्मेलन गर्ने निर्णय गरेको छ ।

विशेष स्रोतका अनुसार ओलीको उक्त प्रस्तावमा वामदेव गौतम असहमति जनाएका छन्। गौतमले नेपाल समूहलाई पनि बैठकमा सामेल गराउने चाहना राखे पनि ओलीले सामेल गराउन नसकेपछि गौतम असन्तुष्टि हुन सक्ने स्रोतले बतायो।

नेपाल समूह बिना नै यतिठुलो प्रस्ताव, निर्णयहरु गर्दा गौतम झस्किएका छन्। नेपाल समूह विना नै यस्तो प्रस्ताव र निर्णय गर्दा नेपाल समूहले पार्टी एकता नगर्ला भन्ने डरले गौतम झस्किन सक्ने स्रोतले बतायो

स्रोतका अनुसार असार मसान्तभित्र सदस्यता नवीकरण गर्ने र केन्दीय विभागहरुलाई पूर्णता दिने निर्णय गरेको छ । यस्तै भदौ ५ गते वडा र १५ गते पालिकाको अधिवेशन गर्ने कार्यतालिका बनेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !