७ बैशाख २०८१, शुक्रबार

आगामी वैशाख ३० गतेभित्र दशौं महाधिवेशन गर्ने एमालेको प्रस्ताव


एमालेको निर्देशन

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले आगामी दशौं महाधिवेशन २०७९ साल वैशाख ३० गतेभित्र गर्ने प्रस्ताव गरेको छ । आज शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटी बैठकमा महासचिव ईश्वर पोखरेलले वैशाख ३० गतेभित्र महाधिवेशन गर्न प्रस्ताव गरेका हुन् ।

यसअघि एमालेले मंसिर २ गतेदेखि ६ गतेसम्म महाधिवेशन गर्ने भनिएकोमा अहिले सारेर वैशाख पुर्याउने प्रस्ताव गरेको हो । शनिवारको बैठकमा महासचिव पोखरेलले यही असार मसान्त भित्र पार्टी सदस्यता नवीकरण गरिसक्न, साउन १५ गतेसम्म स्थानीय तहका वडामा अधिवेशन गर्नेसहितका प्रस्ताव पेश गरेका छन् ।

आज जारी बैठकमा माधव नेपाल समूहका नेताहरुको भने सहभागी भएका छैनन् तर उपाध्यक्ष वामदेव गौतम भने आजको बैठकमा पनि सहभागी भएका छन् ।

यो पनि पढ्नुहोस्

एमाले केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक बालुवाटारमा जारी

माधव नेपाललाई प्रधानमन्त्री केपी ओलीले गरे फोन

एमाले विवाद मिलाउन दोस्रो तहका नेताको निर्णायक वार्ता होटल समिटमा जारी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !