१२ बैशाख २०८१, बुधबार

माधव नेपालले गल्ती गर्नु भएकै हो : उपाध्यक्ष गौतम


वामदेव गौतम

काठमाडौं । दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज भएपछि नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बालुवाटारमा बोल्दै उपाध्यक्ष वामदेव गौतमले पार्टी नेता माधव नेपालले गल्ती गरेको बताएका छन् ।

उपाध्यक्ष गौतमले कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेर नेता नेपालले गल्ती गरेको आरोप लगाए । “माधव नेपालको ठाउँमा म भएको भए पार्टीमा राजीनामा गरेर मात्र शेरबहादुरको लागि सही गर्थें । उहाँले गल्ती गर्नुभएको हो,” उनले भने।

उपाध्यक्ष गौतमले भने, “माधवलाई जसरी पनि पार्टीमा ल्याउँनु पर्छ । त्यसका लागि पार्टी अध्यक्षले संयमता अपनाउनु पर्छ । पार्टी एकता अपरिहार्य आवश्यकता हो । शीर निहुरिन्छ कि भनेर हुँदैन । माधव नेपाललाई पार्टीमा ल्याउन प्रयत्न गर्नुस् ।”

आजको बैठकमा पनि बरिष्ठ नेता माधवकुमार नेपाल समूह अनुपस्थित भएको छ । नेपाल समूहका नेताहरु सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र भीम आचार्य बैठक अगाडि बालुवाटारमा पुगेका थिए ।

अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गरेर उनीहरु निस्किएका छन् । माधव समूहले यो बैठक रोक्न आग्रह गरेको थियो । तर ओलीले भने मानेनन्।

नेकपाएमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार बालुवाटारमा एमाले केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै सरकार र पार्टीका विरुद्ध विभिन्न हल्ला फैलाइएको बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !