१३ बैशाख २०८१, बिहिबार

बैठक स्थगित गर्न नेपाल समूहका नेताले गरेको आग्रह ओलीद्वारा अस्वीकार


केपी शर्मा ओली र माधव नेपाल फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटीको बैठक बालुवाटारमा जारी रहेको छ ।

एमालेको माधव नेपाल समूहका नेताहरूले अध्यक्ष ओलीलाई भेटेर आज शुक्रवारका लागि बोलाइएको केन्द्रीय कमिटीको बैठक स्थगित गरेर एकताको पहल गर्न गरेको आग्रह ओलीले अस्वीकार गरेका छन् ।

केन्द्रीय कमिटी बैठकअघि हिजो बिहीवारको स्थायी कमिटीका सदस्यहरूको बैठकको निर्णयबारे जानकारी गराउन बालुवाटार गएका नेपाल समूहका नेताहरू गोकर्ण विष्ट, भीम आचार्य र सुरेन्द्र पाण्डेले ओलीलाई बिहान बालुवाटारमा भेटेर बैठक स्थगित गर्न आग्रह गरेका थिए ।

एकपछि अर्को बैठक गर्दै अगाडि बढ्दा एकताको माहोल बिग्रिने भन्दै बैठक रोक्न नेताहरुले ओलीलाई आग्रह गरेका थिए । नेपालपक्षीय यी तीन नेताले माधव नेपाल पनि एकताको पक्षमा रहेको भन्दै भेटेर कुरा गर्न ओलीलाई सुझाव दिएका थिए ।

उनीहरुले अध्यक्ष ओलीलाई बैठक रोकेर कार्यदललाई औपचारिक रुपमा क्रियाशील बनाउन सुझाव दिएका थिए । नेपाल समूहका नेताहरू बाहिरिएपछि एमाले केन्द्रीय कमिटीको बैठक बालुवाटारमा जारी रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !